बुधबार, ११ कात्तिक २०८३
नेपाली

सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

Main News Image

काठमाडौँ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। सबै प्रदेशको पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।

mediabaaji add

सम्बन्धित खबर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ । २०८३ साल साउन १० गते आइतबार सन् २०२६ जुलाई २६ तारिख। असार शुक्ल पक्षको द्वादशी तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा...

सरकार र आन्दोलनकारीबीच हुने सम्झौतालाई अन्तिम रुप दिने तयारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरुसँग छलफल गरेकी छन् । सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रि...

आज नाग पञ्चमी पर्व मनाइँदै, कसरी टाँस्ने ? के छ विधि र महत्त्व ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको...