हिमाली क्षेत्रमा हल्का हिमपात र तराईका केही स्थानमा हावाहुरीको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। गण्डकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ ।
रातिको समयमा पनि मौसममा सामान्य बदली कायम रहने अनुमान गरिएको छ । हिमाली भूभागमा सामान्य बदली, पहाडी भूभागमा आंशिक बदली र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहने जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर मौसममा बदलाव : मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा विभिन्न वायु प्रणालीहरूको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून च...
आज यी स्थानमा ठुलो वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रमा थप वर्षा हुन...
बुधबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ
महाशाखाका अनुस...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचार(प्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल...
स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेरसम्बन्धी प्रारम्भिक मस्यौदामा राय तथा सुझाव माग गरेको छ । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला निकायल...
परराष्ट्रले भन्यो : इरान नजानु, त्यहाँ रहेका तत्काल फर्किनु
काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न तथ...



