उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना पनि छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम
काठमाडौँ । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण...
विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ भने हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्ण...
६ प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प...
मौसम पूर्वानुमानः यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, ल...
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल
काठमाण्डौँ । आज बुधबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस देखिएको हो।...
राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्...



