बुधबार, ११ कात्तिक २०८३
नेपाली

कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हुन् । सो भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन् । देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका केन्द्रीय सदस्यहरू हुन् । उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्नेछन् ।

यो समूह चुनाबअगाडि नै नियमित महाधिवेशनको पक्षमा छ । उनीहरू विशेष महाधिवेशनको पक्षमा भने छैनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि यो समूह पार्टीका विवाद मिलाउन भन्दै सक्रिय भएको हो ।

१६ पुसका लागि तय भएको वडा अधिवेशन नभएपछि महामन्त्रीहरूले नियमित अधिवेशन स्थगित गरेर विशेष महाधिवेशन घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशन २७ पुसदेखि गर्ने बताएका छन् । यसका लागि भृकुटीमण्डपमा हल पनि बुक भइसकेको छ । पछिल्ला घटनाक्रमले पार्टीभित्र विवाद चर्किएपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै,१५० निकायका १२०० पदाधिकारी हटाइँदै

काठमाडौँ । विगतका सरकारहरूले दलीय भागबन्डा र राजनीतिक निकटताका आधारमा नियुक्त गरेका सार्वजनिक निकायका पदाधिकारीहरूलाई बालेन्द्र शाह बालेन नेतृत्वको वर्तमान सरकारले एकैपटक पदमुक्त गर्ने तयारी गरेको छ । सार्वजनिक प्रशासनलाई दलीय हस्तक्षेपबाट मुक्त ग...

सामाजिक सञ्जालको प्रभावले सञ्चार माध्यमको स्थायित्वमा चुनौती : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल आम सञ्चार माध्यमहरूलाई टिक्न कठिन अवस्था सिर्जना भएको बताएका छन् । आइतबार सार्वजनिक सेवा प्रसारण र ‘एनटिभी वर्ल्ड’ च्यानलको औपचारिक उद्घाटन समारोह...

निर्वाचनका लागि सेना परिचालन, लुटेका हतियार र फरार कैदी समाउन विशेष अपरेसन

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ सेना परिचालन हुने भएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सेना परि...

मलाई धेरै नबोल पनि भन्छन् तर अलिअलि नघोची हुँदैन : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण देखाउन ६५८ दिन बितिसक्दा पनि पेश नगरेको आरोप लगाएका छन् । चितवनमा आयोजित चुनावी सभामा लामिछानेले अब आफूलाई प्रमा...

एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

धनगढी । बैतडीमा नेकपा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरीले जनाएको छ...

सुधन गुरुङको नागरिकता नक्कली भएको भन्दै छानबिन गर्न माग

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पदाधिकारी बैठकले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकताको सत्यता छानबिन गर्न सरकारसँग माग गरेको छ । संघका प्रवक्ता निरोज पौडेलले भने, ‘सुधन गुरुङको नागरिकता सक्...