कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हुन् । सो भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन् । देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका केन्द्रीय सदस्यहरू हुन् । उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्नेछन् ।
यो समूह चुनाबअगाडि नै नियमित महाधिवेशनको पक्षमा छ । उनीहरू विशेष महाधिवेशनको पक्षमा भने छैनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि यो समूह पार्टीका विवाद मिलाउन भन्दै सक्रिय भएको हो ।
१६ पुसका लागि तय भएको वडा अधिवेशन नभएपछि महामन्त्रीहरूले नियमित अधिवेशन स्थगित गरेर विशेष महाधिवेशन घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशन २७ पुसदेखि गर्ने बताएका छन् । यसका लागि भृकुटीमण्डपमा हल पनि बुक भइसकेको छ । पछिल्ला घटनाक्रमले पार्टीभित्र विवाद चर्किएपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ताको समय सकिएको छ । समय सकिँदासम्म सभापतिमा अहिलेका महामन्त्री गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।
पृथ्वीसुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
लमजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरे । नेकपा एमालेका प...
बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुटुमा आकस्मिक ‘एन्जियोप्लाष्टी’
काठमाडौँ । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुमा समस्या देखिएपछि आकस्मिक रूपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ ।
आज बिहान छातीमा गम्भीर दुखाइ महसुस भएपछि उनलाई तत्काल ललितपुरस्थित...
कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने...
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको...
कांग्रेसको विशेष महाधिवेशन नटार्न चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुले विशेष महाधिवेशन नटार्न चेतावनी दिएका छन् । असोज २८ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिलेसम्म पनि विशेष महाधिवेशनको मिति नतोकेक...



