बिहिबार, १२ कात्तिक २०८३
नेपाली

कांग्रेस पार्टी फुट्न लागेको सभापति देउवाले नै स्वीकार गरे

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी विभाजन हुन लागेको कुरा स्वीकार गरेका छन् । कांग्रेभित्रको विवाद समाधान गर्नका लागि सभापतिको ध्यानाकर्षण गराउन पुगेका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले यस्तो स्वीकार गरेका हुन् । सो भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन् । देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने पक्षमा लबिङ गरिरहेका केन्द्रीय सदस्यहरू हुन् । उनीहरूले आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्नेछन् ।

यो समूह चुनाबअगाडि नै नियमित महाधिवेशनको पक्षमा छ । उनीहरू विशेष महाधिवेशनको पक्षमा भने छैनन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशनको मिति घोषणा गरेपछि यो समूह पार्टीका विवाद मिलाउन भन्दै सक्रिय भएको हो ।

१६ पुसका लागि तय भएको वडा अधिवेशन नभएपछि महामन्त्रीहरूले नियमित अधिवेशन स्थगित गरेर विशेष महाधिवेशन घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशन २७ पुसदेखि गर्ने बताएका छन् । यसका लागि भृकुटीमण्डपमा हल पनि बुक भइसकेको छ । पछिल्ला घटनाक्रमले पार्टीभित्र विवाद चर्किएपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचन परिणामः ४६ स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । नेकपा एमाले पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वा...

एमाले स्थायी कमिटी बैठक सकियो, भोलि पुनः बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित दोस्रो दिनको बैठक सकिएको हो ।

अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ। जारी बैठकमा पूर्वराष्ट्रपतिसम...

जनकपुरबाट मेची-महाकाली पदयात्रा गर्दै अमरेश सिंह, ‘समाज जोड्नुपर्छ’ मूल सन्देश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अमरेशकुमार सिंहले मधेशलाई बुझ्ने र देशका विभिन्न भूगोललाई जोड्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन् । आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँगको भेटघाटमा सिंहले छठ पर्वको भ...

स्वदेश फर्किएलगत्तै सम्पर्क कार्यालय पुगे देउवा, शुक्रबार राष्ट्रिय भेलामा सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि स्वदेश फर्किएलगत्तै पार्टीको संस्थापन इतर समूहको चुनदेवीस्थित सम्पर्क कार्यालय पुगेका छन् । बिहीबार थाई एयरको उडानमार्फत करिब साढे १२ बजे काठमाडौं अवतरण गरेका देउवालाई विमानस्थलब...

स्वदेश फर्किएका देउवा कांग्रेस बैठकमा सहभागी हुन्छन् ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचार सकेर स्वेदश फर्किएका छन् । कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती उपचार सकेर शुक्रबार राति काठमाडौँ आइपुगेका हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनक...

रास्वपाका सांसदलाई आज र भोलि दुई दिने प्रशिक्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोलि दुई दिने अभिमुखीकरण प्रशिक्षण दिँदैछ । रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्र...