छविलाल जोशी धरौटीमा रिहा
काठमाडौँ । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी धरौटीमा रिहा भएका छन् । थुनाबाहिर बस्न पाउनुपर्ने मागसहित जोशीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत बुटवलले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने आदेश दिएको थियो ।
उक्त देशपछि आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीसँग धरौटी माग गर्ने आदेश दिएको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा जोशी थुनामा थिए ।
उनीसँगै थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
सञ्चारगृहका गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले छाड्यो
काठमाण्डौँ । विभिन्न सञ्चार माध्यमका कार्यालयको गेटमा पार्किङ गरिएका सबै गाडी प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइदिएको छ । सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, कांग्रेस सभापति गगन थापाको घर अगाडि र भाटभटेनी अगाडि यस...
मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु
काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राक चौथो दिन...
हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना
काठमाडौँ । खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्क...



