जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौँ । जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।
यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन्। केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका तीन जना बेहोससमेत भए । न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा ‘कार्बन मोनोअक्साइड’ जस्तो विषाक्त ग्यास जम्मा हुन सक्छ। यो ग्यास गन्ध, रङ्ग र स्वादरहित हुन्छ जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान जान सक्दछ।
कन्सलटेन्ट जेनेरेल फिजिसियन डा विवेकराज पौडेल भन्छन्, ‘आगो, कोइला बल्न, ग्यास गिजर चलान अक्सिजन चाहिन्छ। त्यसले बलेर निक्लिने बाइप्रोडक्ट चाहिँ ‘कार्बोन डाइअक्साइड’ र कार्बोन मोनोअक्साइड’ हो। यी दुवै ग्यास बाहिर वातावरणमा मिसिन्थ्यो भने खासै फरक पर्थेन। बन्द कोठामा अक्सिजन सकिएर यी दुई ग्यास मात्र हुँदा हाम्रो शरीरले त्यो लिन बाध्य हुन्छ।’ उनका अनुसार यसका कारण मुटुको चालमा गडबड आउने, होसमा नहुने, सास फेर्न नसक्ने, रगतमा समस्या, एसिडको मात्रा बढ्ने जस्ता खालका अवस्थाहरु सिर्जना गर्न सक्छ।
डा पौडेल ती अवस्थामा फसेकालाई जति सक्दो छिटो उद्धार गरेर बाहिरी वातावरणमा राख्ने र अस्पतालमा ‘हाइ फ्लो’ अक्सिजनमा राख्नुपर्ने बताउँछन्। उनी भन्छन्,‘घटना थाहा पाइसकेपछि सकेसम्म छिटो उद्धार गर्नुपर्छ जसले गर्दा तत्कालीनका साथै दीर्घकालीन असरबाट बचाउन सकिन्छ। दीर्घकालीनमा कसैकोमा पहिलाको जस्तो चनाखोपन, मानसिक अवस्था छिटो छरितो नहुने र भुल्ने समस्या देखिन सक्ने हुन्छ।‘
एक्सप्रेस
सम्बन्धित खबर
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
काठमाडौँ । शैक्षिकसत्र २०८३र८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन र्यापअपमा समावेश हुन चाने पर...
काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन
काठमाण्डौँ । कार्याक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी ...
तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल
काठमाडौँ । चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र तिब्बत स्थित केरुङ ग्याइरोङ काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सो...
आज स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
पौष शुक्ल पूर्णिमा...
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहन...
पुनहिल र तातोपानी कुण्डबाट सोहोरियो करोडौं राजस्व, अन्नपूर्णको आन्तरिक आय बलियो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना प्रमुख पर्यटकीयस्थलहरूलाई आन्तरिक आम्दानीको मुख्य स्रोत बनाएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३र०८४ मा पर्यटकीयस्थलहरूमा प्रवेश शुल्क संकलन तथा चिया पसल सञ्चालनका लागि ठेक्का लगाएर १ कर...



