बुधबार, ११ कात्तिक २०८३
नेपाली

क्यानले सार्वजनिक गर्‍यो वर्षभरिको व्यस्त क्यालेन्डर

Main News Image

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि क्रिकेट गतिविधिहरूले भरिएको विस्तृत वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको कार्यतालिका सार्वजनिक गरेको हो ।

यस वर्ष क्यानले घरेलु संरचनालाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपाली टोलीको प्रतिस्पर्धात्मक क्षमता बढाउने मुख्य लक्ष्य राखेको छ । घरेलु प्रतियोगिता अन्तर्गत मार्च र अप्रिल महिनामा पुरुष राष्ट्रिय ए डिभिजन कप र राष्ट्रिय विद्यालय च्याम्पियनसिप आयोजना हुनेछन् । यी प्रतियोगिताहरू जिल्ला र प्रदेशस्तरबाटै सुरु गरिने क्यानले जनाएको छ । त्यस्तै, जय ट्रफी, वाईवाई पुरुष राष्ट्रिय क्रिकेट, महिला ए डिभिजन कप र पहिलो पटक महिला लङ फर्म्याट लामो दूरीको प्रतियोगिता पनि वर्षभर सञ्चालन हुनेछन् । 

युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यानले क्यान युवा कपसँगै लेभल १ र २ को कोचिङ, पिच क्युरेटर र अम्पायरिङ कोर्सहरू समेत सञ्चालन गर्ने योजना बनाएको छ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपीएललाई पनि २०२६ को क्यालेन्डरमा निरन्तरता दिइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

एनपीएलको तयारी पूरा, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

काठमाडौँ । भोलि मंसिर १ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको तयारी पूरा भएको छ । एनपीएलको दोस्रो संस्करण र पहिलोबीच दर्शकले फरकपन पाउनेछन् । नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो । त्रिवि क...

दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता

काठमाडौँ । दृष्टिविहीन महिला टोली टी २० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।