बुधबार, ११ कात्तिक २०८३
नेपाली

नेपाली कांग्रेस सुधारका लागि सुझाव आह्वान

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा आगामी दिनमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन् । सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक रूपमा आह्वान गरेका हुन् ।

उनीले लेखेका छन्, ‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामू आइसकेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशन छिट्टै आयोजना गर्नुपर्नेछ । यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । यसै परिस्थितिमा नेपाली कांग्रेसमा गर्नु पर्ने नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयहरू के हुन सक्लान् ? सुझाव उपलब्ध गराई सहयोग गरिदिनुहुन नेपाली कांग्रेसका समर्थक तथा शुभेच्छुक सबैमा विनम्र अनुरोध गर्दछौं।’

महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेसले आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ ।


mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलनपछि पहिलो पटक च्यासलमा बस्दै एमाले सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज  बस्दै बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन्। यही मङ्सिर २७,...

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्‍यो ९ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्...

केन्द्रीय समिति स्थगित गरेका कांग्रेस नेता धोबीघाटमा जुट्दै

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ । महाधिवेशनको विषयमा मतभेद हुँदा कांग्रेस केन्द्रीय समिति बैठक स्...