शनिबार, १६ जेठ २०८३
नेपाली

वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध

Main News Image

काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 

“बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”, उनले भने, “उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।” 

mediabaaji add

सम्बन्धित खबर

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...

देशभर बदली : तराईमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

म...

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।

दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । व...

ललितपुरमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु

काठमाडौँ । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

ईँटा लिएर ज...

वन डढेलोमा कमी, मनसुन पूर्वको वर्षाले घटायो

काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।

वन तथा भ...

भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी

काठमाडौँ । समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।