वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
“बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”, उनले भने, “उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।”
एक्सप्रेस
सम्बन्धित खबर
उपत्यकामा बदली र छिटफुट वर्षा, वायुमण्डलीय प्रदूषण बढ्यो !
काठमाडौँ । काठमाडौं उपत्यकामा मौसममा परिवर्तन देखिएको छ । अहिले मौसम बदली भई छिटफुट रूपमा पानी परिरहेको छ। साथै, उपत्यकाको वायुमण्डलमा प्रदूषण पनि बढेको छ ।
देशभर मनसुनी गतिविधि सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशभर सामान्यतया बादल लागेक...
मौसम पूर्वानुमान : पहाडी र हिमाली भूभागमा हल्का वर्षा सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायु मण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूर...
रसुवा बाढी : सद्गुरु समूहका ८० तीर्थयात्री सम्पर्कविहीन
११ भदौ, काठमाडौँ । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव समूहका ८० जना विदेशी तीर्थयात्री सम्पर्कविहीन भएका छन् । एक भिडियो सन्देशमा सद्गुरुले दिएको जानकारी अनुसार, सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालस...
राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्...
भोेटकोशीको बाढीले त्रिशूली बजार क्षेत्रका ६० घर बगायो
काठमाडौँ । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्र...



