बिहिबार, १२ कात्तिक २०८३
नेपाली

कालीकोटमा बस दुर्घटना, एकको मृत्यु दुई जना घाइते

Main News Image

काठमाडौं । कर्णाली राजमार्गमा पर्ने कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिकैको मोडमा अनियन्त्रित भएर दुर्टनामा भएको हो। दुर्घटनामा परी ३ जना घाइते भएकोमा तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएकोमा एक जनाको उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा जुम्लाको हिमा गाउँपालिका–४ बस्ने १९ वर्षीय अर्जुन बुढा रहेका छन्। घाइते हुनेमा जुम्लाको सिंजा गाउँपालिका–५ कि २३ वर्षीया रन्जिता रोकाया र उनकै पाँच वर्षीय छोरा उपेन्द्र रोकाया रहेका छन्। बसमा कुल २४ जना यात्रु सवार रहेकोमा अन्य सबै यात्रुहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

mediabaaji add

सम्बन्धित खबर

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५।८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई...

स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघुरो

काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ कलेज प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) मात्र छनोट भएका छन्। यो एमपीएसका लागि छन...

रसुवा बाढी प्रभावितका लागि २१ दिने कार्यदल गठन : ‘बिल्ड ब्याक बेटर’ सिद्धान्तमा पुनःस्थापना गरिने

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले एक विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम...

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौँ ।  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर...

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र...