बिहिबार, १२ कात्तिक २०८३
नेपाली

बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३।२ किमि सडक निर्माण हुने

Main News Image

रामेछाप । बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्म बाँकी रहेको सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ ।

२ अर्ब ६० करोड रुपैयाँ अनुदानमा निर्माण हुन लागेको ३।२ किलोमिटर सडकको ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले लिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । सो सडकको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ ।

वि।सं। २०८१ सालको असोजमा आएको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको बीपी राजमार्गको ३०।५ किलोमिटर सडक खण्डमा ठूलो क्षति पु¥याएको थियो । उक्त क्षतिग्रस्त सडक मध्ये २७.३ किलोमिटर सडक पुनर्निर्माणका लागि एक वर्षअघि नै ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रु...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, चार अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६...

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भ...