मङ्गलबार, ०६ असोज २०८३
नेपाली

८० वटै मेसिनको मुचुल्का तयार गरिँदै, सर्वपक्षीय बैठकपछि मात्रै नतिजा घोषणा

Main News Image

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको कार्य बिहीबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन समितिले अहिले मतदानमा प्रयोग भएका ८० वटै विद्युतीय भोटिङ मेसिनहरूको मुचुल्का तयार पार्ने र चिप्सु सुरक्षित गर्ने प्राविधिक कार्य गरिरहेको छ ।

निर्वाचनमा कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहेका छन् । 

मतदान प्रक्रिया सम्पन्न भए पनि नतिजा सार्वजनिक गर्न केही प्राविधिक चरणहरू बाँकी रहेका छन्। प्रत्येक मेसिनको छुट्टाछुट्टै मुचुल्का खडा गरी मेसिनमा खसेको मत र मतपत्रको विवरण भिडाउने कार्य भइरहेको छ।

निर्वाचन समितिका अनुसार एउटा मेसिनको मुचुल्का तयार पार्न करिब २ मिनेट लाग्ने अनुमान छ, जसका कारण ८० वटा मेसिनको पूर्ण मुचुल्का तयार हुन करिब २ घण्टा ४० मिनेट लाग्नेछ। त्यसपछि मात्रै मेसिनका कोड नम्बरका आधारमा चिप्सहरूलाई सिल गरी केन्द्रमा संकलन गरिनेछ।

सम्पूर्ण प्राविधिक तयारी पूरा भएपछि सर्वपक्षीय बैठक बस्ने र त्यसपछि मात्रै औपचारिक रूपमा मतगणनाको अन्तिम प्रशोधन गरी नतिजा सार्वजनिक गरिने एमालेले जनाएको छ। विद्युतीय मेसिनको प्रयोगका कारण गणना कार्य छिटो हुने भएकाले बिहान १० बजेदेखि नतिजा घोषणा गर्ने तयारी गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

शिक्षामन्त्री पुनको आग्रह : उद्घाटन, शिलान्यासमा नबोलाइदिनुहोला

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफूलाई उद्घाटन, शिलान्यास जस्ता कार्यक्रममा नबोलाइदिन सबैसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कुनै पनि औपचारिक कार्यक्रममा अतिथी, प्रमुख अतिथी नबनाउन पनि आग्रह गरेका छन्...

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले शुक्रबार बिहान ११ बजे बस्ने गरि केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् ।

बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्...

पार्टीभित्रका विगतका कुरा थाती राखेर निर्वाचनमा होमिनुपर्छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता अग्नि सापकोटाले विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालको २२औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिले...

प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन...

कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...

आजदेखि सुरु हुँदै मतदाता शिक्षा कार्यक्रम, फागुन १७ सम्म चल्ने

काठमाण्डौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज आइतबारदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ ।...