भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने
काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।
भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको बिस्काः जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । जात्राको सुरुवात तौमढीस्थित पाँचतले मन्दिर अगाडि भैरव र भद्रकालीको रथ तानेर गरिन्छ ।
जात्रामा नौ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् । सुरक्षाका लागि यस अवधिभर आवश्यक प्रबन्ध मिलाइएको हुन्छ । पहिलो दिन पाँचतले मन्दिर प्राङ्गणबाट भैलखःलाई क्वने र थनेका बासिन्दाले डोरी तानेर आ–आफ्नो टोलतर्फ लैजाने परम्परा रहेको छ । यो नै जात्राको प्रमुख आकर्षणमध्ये एक मानिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट बिदाइ !
चितवन । नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमका साथ विदाई गरिएको छ । उपहार पठाइएका ती हात्तीहरूको नाम रूद्रकली र खगेन्द्रप्रसाद रहेको छ । हात्तीहरूलाई वैदिक विध...
भाइटीकाको उत्तम साइत ११:३९ बजे, टीका लगाउँदा को-कता फर्किने ?
काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर...
एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत्
काठमाडौँ । वित्तीय कारबाही कार्यदल एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत् रहेको छ । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एएमएलरसीएफटी सम्बन्धी रणनीतिक कमजोरी अझै...



