आइतबार, १५ कात्तिक २०८३
नेपाली

वैकल्पिक कम्युनिस्ट शक्ति बनाउन छलफलमा जुटे विप्लव, घनश्याम र जनार्दन

Main News Image

काठमाडौँ । वामपन्थी दलहरूको एकता र विग्रह भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच छलफल भएको छ । विप्लव, घनश्याम र जनार्दन नयाँ वैकल्पिक कम्युनिस्ट शक्ति निर्माणका लागि छलफलमा जुटेका हुन् ।

शुक्रवार बिहान हरिसिद्दीस्थित विप्लव निवासमा भएको तीन नेता बीचको भेटमा पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको विप्लव निकट एक नेताले जानकारी दिए । कम्युनिस्ट आन्दोलन र आगामी निर्वाचनका हिसाबले समेत गम्भीर र फराकिलो ढंगले छलफल भइरहेको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको नेताहरूको दाबी छ ।

हालै नेकपा एकीकृत समाजवादी र माओवादी लगायतका १० समूहबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । सो एकताप्रति असहमति प्रकट गर्दै घनश्याम र जनार्दन अलग भएका हुन् । उनीहरूले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व परित्याग गरी पार्टी नेतृत्व पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

 

mediabaaji add

सम्बन्धित खबर

गृहमन्त्रीलाई वर्षमान पुनको प्रश्न : विपद्को प्रतिकार्यबारे सदनलाई जानकारी दिनुस्

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनल...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

१८ भदौ, काठमाडौँ । मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्...

एकता सम्झौतामाथि संकट : रास्वपासँग दूरी बढेपछि कुलमान उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने तयारीमा

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता सम्झौता भएको दुई साता नपुग्दै कुलमान घिसिङ रास्वपाबाट अलग हुने दिशातर्फ पुगेका छन् । तत्काल नयाँ र ठोस समझदारी नबने कुलमानले अघि बढाएको उज्यालो नेपाल पार्टी उनेपा रास्वपामा नअडिने लगभग निश्चि...

सर्वपक्षीय छलफलबारे मन्त्री पुनको टिप्पणी : ‘नेपालीको सल्लाह, खरानीको डल्ला’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीले निर्वाचनमा मत दिने सम्भावना नरहेको बताएका छन् । सोमबार प्रधानमन्त्री शुसीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिय...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० वटाको मात्र जवाफ

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी...