बुधबार, ११ कात्तिक २०८३
नेपाली

एमाले उपाध्यक्ष पदका लागि बिन्दा पाण्डे मैदानमा, प्रस्तावकमा अष्टलक्ष्मी

Main News Image

काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीको जारी ११औँ महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला उनले उम्मेदवारी दिएकी हुन् । अष्टलक्ष्मी शाक्यले महाधिवेशनसँगै पार्टीको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेकी छन् । शाक्य बाहिरिँदै गर्दा उनले पाण्डेलाई अगाडि बढाएकी हुन् ।

पाण्डे नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी पाण्डे २०३७ सालदेखि राजनीतिक गतिविधिमा संलग्न छिन् । २०६२ सालमा एमाले महिला विभागले लैङ्गिक मुद्दासम्बन्धी आठ बुँदा पारित गर्दा त्यससम्बन्धी पुस्तकसमेत प्रकाशन गरेकी थिइन् । 

mediabaaji add

सम्बन्धित खबर

पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो

काठमाण्डौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण र उनीसँग जोडिएका शक्ति समूहका गतिविधि चर्कंदै जाँदा कारागार प्रशासनले नयाँ कदम चालेको छ । ललितपुरको नख्खु कारागारमा थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई ललितपुरबाट सिन्ध...

बिहीबारदेखि माइतीघरमा धर्ना : देशभरका जेनजी एकताबद्ध हुन आह्वान

काठमाडौँ । जेनजी समूहहरूबीच एकता कायम गर्न र शहीदहरूको बलिदान नबिर्सन आग्रह गर्दै शुक्रबार माइतीघर मण्डलमा ‘जेनजी युनाइटेड’ नामक समूहले प्रदर्शन गरेको छ । प्रदर्शनमा युवा, बालबालिका र शहीद परिवारका सदस्यहरू...

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्...