शुक्रबार, २६ भदौ २०८३
नेपाली

भोटेकोशी बाढी : १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी

Main News Image

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ भने चार हजार २१६ जना अझै सम्पर्कविहीन छन्। बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार २०४ पुगेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका गरी कुल २१ हजार ३१४ सुरक्षाकर्मी मैदानमा खटिएका छन् ।

जसमध्ये नेपाली सेनाका नौ हजार १९९, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना जनशक्ति परिचालन गरिएको छ। सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले नदी किनार, पहिरोग्रस्त क्षेत्र र बाढी प्रभावित बस्तीहरूमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायतका जिल्लाहरू बढी प्रभावित भएका छन्।

mediabaaji add

सम्बन्धित खबर

साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

साहस ऊर्ज...

जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन मिति थप गरिँदै

काठमाडौँ । विद्युत् खरिद-बिक्री सम्झौता पीपीए भइसकेर पनि विभिन्न कारणले अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति आरसीओडी थप गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।

प्रा...

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्र...

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो, अमेरिकी डलर पनि महँगियो

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ ।  हिजो अमेरिकी डलर र कुवेती दिनारको...

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । लगातार बढिरहेको सुनचाँदीको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।

यससँगै मगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ क...

सेनासहितको प्राविधिक टोली त्रिशूली-३ ‘बी’ को जलविद्युतस्थलमा खोज तथा उद्धारमा परिचालन

काठमाडौँ । नेपाली सेनासहितको प्राविधिक टोली रसुवाको भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनास्थलमा खोज तथा उद्धारमा परिचालन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्रालयले आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख र साइट...