बुधबार, ११ कात्तिक २०८३
नेपाली

साउनमा अझ सस्तो भयो बैंकको ब्याज, ६ बैंकले गरे कटौती, कुनको कति छ ?

Main News Image

काठमाडौँ ।  २० वटै वाणिज्य बैंकले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक दरहरू हेर्दा असारको तुलनामा साउनमा निक्षेपको औसत ब्याजदर थप खुम्चिएको देखिएको हो ।

व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम औसत ब्याजदर असारमा ४.२६ प्रतिशत रहेकामा साउनका लागि ४.१७ प्रतिशतमा सीमित भएको छ। संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर ३.१८ प्रतिशतबाट घटेर ३.१२ प्रतिशतमा पुगेको छ।

यस अवधिमा ब्याजदरमा सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएको छ भने संस्थागत निक्षेपतर्फ १ प्रतिशतविन्दुसम्म कमी गरेको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाउँदै ४ प्रतिशत कायम गरेको छ।

अन्य बैंकहरूमध्ये एनएमबि बैंकले व्यक्तिगत निक्षेपमा ०.५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१० प्रतिशतविन्दु तथा कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले अधिकतम ब्याजदर घटाएका छन्। यता नेपाल बैंक भने संस्थागत निक्षेपको ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशतमै यथावत् राख्दै संस्थागत निक्षेपको दर १ प्रतिशतविन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्‍याएको छ।

mediabaaji add

सम्बन्धित खबर

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्ष...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद

काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...