शनिबार, ०७ कात्तिक २०८३
नेपाली

बाँसको झुपडी गीतले रुवायो स्रोता र दर्शक धुुरुक्कै (भिडियोसहित)

Main News Image

काठमाण्डौँ । ए बि ड्रिम्सको निर्माणमा बरिष्ठ गायक प्रताप सुब्बा र गायिका रचना रिमालको स्वरमा अहिले बजारमा ‘बाँसको झुपडी’ गीत आएको छ । भुटानी शरनार्थीहरुले आफ्नो थातथलो भुटान त्याग्दै जानुपर्दाको दुखलाई गीतको भिडियोमा मार्मिक तरिकामा देखाएको छ । 

भुटान त्याग्दै गरेको बुढाबुढीले रातको प्रहरमा भुटान त्याग्दै गर्दा फर्केर आफ्नो छाप्रोमा हेर्नु, गाइबस्तुहरु भोकाएर बाँ गर्नु, कुकुरले आँखाभरि आँसृु पारेर उनीहरुलाई बिदा गर्नु आदि मार्मिक दुश्यले निर्देशक बिशाल गृुरुङ्गको निर्देशकीय कौशलता देखाउँछ । रातको समयमा पनि साविक समयभन्दा अगाडि नै गाइवस्तुहरु जागेर उनीहरुको जानै लागेको चाल पाउनु जस्ता मार्मिक दुश्यले दर्शकलाई धृुरुक्कै रुवाउँछ ।

 पशुहरुमा कुनै पनि घटनाको हुने पूर्व सूक्ष्म ज्ञानलाई गीतको म्युजिक भिडियोमा देखाएको छ । गीतमा रचना र संगीत प्रताप सुब्बाको रहेको छ भने बरिष्ठ कलाकार सुरविर पण्डित र कविता आलेको अभिनय रहेको छ । गीतको सुरुवात मार्मिक संवादबाट सृुरु हृुन्छ, जुन संवाद बरिष्ठ साहित्यकार प्रेमकृष्ण श्रेष्ठले लेखेका हुन् । ज्ञानु सुब्बाको कथा र पटकथा रहेको म्युजिक भिडियोको एरेन्जर फणिन्द्र राई हुन् । अहिले बजारमा यो गीतको निकै चर्चा छ ।

https://youtu.be/MWO8noLMzxE?si=M7OUFokaGrZkOQXW


mediabaaji add

सम्बन्धित खबर

विजय थापाको निर्देशनमा "आँसु बिक्ने सहर" सार्वजनिक

काठमाण्डौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत आँसु बिक्ने सहर सार्वजनिक भएको छ । विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । 

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा श...

अन्तरङ्ग दृश्यले अभिनेत्रीको ब्रेकअप, प्रेमीले सुटिङ सेटमै पुगेर निर्माताबाट सीन परिवर्तन गराएको खुलासा

काठमाण्डौँ । भोजपुरी, टेलिभिजन र हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री त्रिधा चौधरीले प्रकाश झाको चर्चित वेब सिरिज ‘आश्रम’ मा अभिनेता बबी देओलसँग दिएको अन्तरङ्ग बोल्ड दृश्य र त्यसका कारण आफ्नो वास्तविक जीवनमा परेको गम्भीर असरबारे पहिलो पटक सञ्च...

गायिका दीपिकाको नयाँ गीत ‘पातली डन’ सार्वजनिक

काठमाडौँ । गायिका दीपिका पौडेलको नयाँ गीत ‘पातली डन’ सार्वजनिक भएको छ । दीपिकाको स्वर र थेगो रहेको गीतमा कृष्ण समीप सुवेदीको शब्द तथा संगीत रहेको हो। फिचरिङ पनि सुवेदीकै रहेको छ। गीतको भिडियोमा सुरेश खोली, जुना विश्वकर्मा र दीपिका पौडेलको अभिनय रह...

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद

काठमाडौँ । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले...