बालेन केपी ओलीसँग भिड्ने निश्चित, मेयर पदबाट कहिले दिन्छन् राजीनामा ?
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह झापा क्षषत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाब जित्दै आएको क्षेत्र हो । उम्मेदवारी दिनका लागि बालेनले मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
बालेनले आइतबार राती सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘शुभकामना सबैलाई, हामी आउँदै छौं ’ यसलाई बालेन आफूले उम्मेदवारी दिने क्षेत्रमा ओर्लिने संकेतको रूपमा हेरिएको छ । पछिल्लो पटक २०७९ मा स्थानीय निर्वाचनको बेला पनि बालेनले यसैगरी केही दिन अगाडि नै उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता हुने दिनसम्म छुट्टै माहोल बनाएका थिए ।
बालेन निर्वाचन क्षेत्रमा कहिले ओर्लिन्छन् भन्ने स्पष्ट छैन तर उनले अहिले नै उम्मेदवारी घोषणा गर्ने संकेत गरेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन आउन अब लगभग १ हप्ता बाँकी छ । उम्मेदवारी दर्ता माघ ६ गतेका लागि तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मतदानका लागि सम्पूर्ण तयारी पूरा
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यव...
अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर काठमाडौंमा
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस। पल कपुर आज काठमाडौं आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने कपुर नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहि...
स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उन...



