बिहिबार, १७ वैशाख २०८३
नेपाली

रास्वपाका वरिष्ठ नेता बालेन आज सर्लाही जाँदै

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह बालेन आज बिहान सर्लाही जाँदै छन् । सर्लाही भ्रमणका क्रममा वरिष्ठ नेता साहले जिल्लाका विभिन्न स्थान हुँदै यात्रा गर्ने कार्यक्रम तय भएको छ । पार्टीका जिल्ला नेताहरुका अनुसार उनी लालबन्दी, हरिवन, बरथवा हुँदै रौतहट प्रवेश गर्ने छन् ।

त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ । भ्रमणका क्रममा उनले स्थानीय समस्या, विकास र समसामयिक राजनीतिक विषयमा अवलोकन तथा भेटघाट गर्ने अनुमान गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ ३ बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पद...

ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार...

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता...

राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्‍यो परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई प...

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम...

निर्वाचनमा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायतमा कुनै दल तथा दलका उम्मेदवार वा नेता त...