देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज पढ्दै हर्षोल्लासका साथ मनाइँदैछ । इदुल फित्र रमजानको ७० औँ दिनमा मनाइने यो पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।
आज बिहानै मुस्लिम धर्मावलम्बीहरूले स्नान गरी काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका धार्मिक स्थलहरूमा भेला भई सामूहिक नमाज पढेका छन्। नमाज सकिएपछि उनीहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गर्दछन्। यो पर्व आजदेखि सुरु भई आगामी शनिबारसम्म तीन दिनसम्म मनाइने धार्मिक परम्परा छ ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्रतापी र प्रिय छोरा इस्माएल अलेह सलामलाई बलिदान ९कुर्बानी० गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इतिहास छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...
भारतका विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्ष थप
काठमाण्डौँ । भारत सरकारले विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्षका लागि थप गरेको छ । भारत सरकारको मन्त्रिपरिषद्ले बुधबार जारी गरेको आदेशअनुसार भारतीय विदेश सेवा आईएफएस १९८९ ब्याचका अधिकारी मिश्रीको सेवा अवधि १४ जुलाई २०२६ पछि एक वर्षका लागि व...
नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन
काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ तिब्बत प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ । यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्व...
कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ
न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओ...
नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते
काठमाडौँ । नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा वि...
सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्य...



