वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी संकल्प गरिन्छ ।
दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौंको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो । गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रा तोयराज नेपाल बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो
काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...
भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय
काठमाडौँ । सरकारले अत्यावश्यक बाहेकका अन्य अवस्थाका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको टोली परिचालन तथा खोज र उद्धारको चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरि...
जाजरकोटमा बोलेरो दुर्घटना, दुईको मृत्यु
जाजरकोट । छेडागाड नगरपालिका–८ मा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम
सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो माघ ११ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्...
हरितालिका तीजमा पशुपति क्षेत्रमा कडा सुरक्षा, ९ हजारले गरे दर्शन
काठमाडौँ । हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनलगायतका सेवा सञ...
दुर्घटनाग्रस्त बुद्ध एयरका परिचारिकाले ढोका खोल्न नदिएको आरोप, के भन्छ एयरलाइन्स ?
काठमाडौँ । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ । विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको ह...



