बुधबार, ११ कात्तिक २०८३
नेपाली

‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान

Main News Image

काठमाडौँ ।  नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ । 

आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रशासक उमेशप्रसाद मैनालीले ‘गोपाल पाँडे असीम पुरस्कार’ साहित्यिक संस्था ‘राप्ती साहित्य परिषद्’, दाङलाई प्रदान गरे । पुरस्कारका साथ नगद राशि ५० हजारसमेत प्रदान गरियो । उक्त पुरस्कार साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाले ग्रहण गरे । 

कार्यक्रममा ‘लेबाल त्रिरत्न पुरस्कार’ संस्कृतिविद् डा जगदीशचन्द्र रेग्मीलाई प्रदान गरियो । उक्त पुरस्कारकासाथ नगद राशि ७५ हजार रुपैयाँ समेत प्रदान गरियो । 

mediabaaji add

सम्बन्धित खबर

राहुलको नयाँ अध्याय लोकार्पण

©निशेष आङ्देम्बे

    गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

 काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे।       ...

जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई

चेतनाथ धमला

 

    मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...