स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण
काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जान्छ । यही चिन्तालाई आत्मसात् गर्दै चाँगुनारायण नगरपालिका–९ ताथलीको इतिहास, भूगोल, लोकसंस्कृति, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था र सामाजिक जीवनलाई एउटै कृतिमा समेटिएको अनुसन्धानमूलक पुस्तक ‘ताथली भूगोलदेखि लोकसंस्कृतिसम्म’ सार्वजनिक गरिएको छ ।
चाँगुनारायण नगरपालिका–९ वडा कार्यालयको आर्थिक वर्ष २०८२,०८३ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत प्रकाशित पुस्तकको लोकार्पण तथा परिचर्चा कार्यक्रम वडा सदस्य रविन बासुकलाको सभाध्यक्षतामा भएको हो । उक्त कार्यक्रम पुस्तक विमोचनमा सीमित रहेन, स्थानीय इतिहासको संरक्षण, सांस्कृतिक उत्तराधिकारको जगेर्ना र भावी पुस्ताप्रतिको दायित्वबारे बहसका रूपमा पनि स्थापित भयो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले इतिहास र संस्कृतिविनाको समाजको पहिचान नै कमजोर हुने उल्लेख गर्दै स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले स्थानीय तह आफैंले आफ्नो इतिहास र सम्पदालाई पुस्तकका रूपमा सुरक्षित गर्नु दूरदर्शी र अनुकरणीय कार्य भएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण
काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...
सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड
काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...



