महान्यायाधिवक्ता भण्डारी निलम्बित !
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो संस्थाको सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा रहँदा विवादमा जोडिएपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
संस्थाका एक सदस्यका अनुसार सार्वजनिक पदमा बसेको र उनीमाथि प्रश्न उठ्न थालेपछि निलम्बन गरिएको हो । उनको पदलाई तत्काल स्थगनमा राखिएको छ । भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्य थिइन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सुन्तलीको बिलौना: मानसिक रुपमा विक्षिप्त श्रीमान्लाई हेरौँ कि छोरीको उपचार गरौँ ?
काठमाडौँ । कलाकार कुञ्जना घिमिरे सुन्तलीले आफ्नो पारिवारिक पीडा सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने योजनाका साथ अघि बढेका श्रीमान् सीताराम कट्टेल धुर्मुस मानसिक रुपमा विक्षिप्त भएको र छोरी शुविहानीको लगातार उ...
देवानगन्ज तनावको असर विराटनगरमा, बजार-विद्यालय बन्द, राजमार्गमा प्रदर्शनजारी
विराटनगर । सुनसरीको देवानगन्ज–कप्तानगन्जमा उत्पन्न तनावको प्रभाव कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ। त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र र अधिकांश विद्यालय बन्द भएका छन् । निजी विद्यालय सञ्चालकहरूले भने सोमबार...
२४ घण्टाभित्र देशका विभिन्न ७ स्थानमा आगलागी
काठमाडौँ । सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देश...
धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तन...
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
काठमाडौँ । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्था...
पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै
इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्क...



