६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। सम्पती शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौं, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।
अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको हो। उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ । विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्यसमेत गर्दा हुन आउने कुल रकम १,४५,५४,०३,९४८ रुपैयाँ तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० केजी ७१६ ग्रामको तत्कालीन अवस्थाको मूल्य प्रतितोला १,१२,५०० रुपैयाँका दरले हुने कुल मूल्य ५८,५६,०९,५६८ रुपैयाँ र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं। ००२१०५५००१९००१३ को खातामा कसुरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम ३,५२,००,००० रुपैयाँ समेत गरी हुने कुल रकम २,०७,६२,१३,५१६ रुपैयाँ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आएको छ।’
साउन ३ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएको सुन बरामद गरेको थियो। पछि अनुसन्धानलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई जिम्मा दिइएको र ३०२ किलो सुन तस्करी भएको निष्कर्षमा पुगेको थियो । यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ । समितिले अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूको कारबाही र केही राजनीतिक तथा विदेशी सम्बन्धित व्यक्तिविरुद्ध पनि मुद्दा सिफारिस गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाण्डौँ । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय सुजन पुरकुटी, सोही स्थानका २३ वर...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्न...
डाँडागाउँमा मृत भेटियो जङ्गली हात्ती
झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र...
वेदिका केसी पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार...
राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...
गौरमा कर्फ्यु हटाइए लगत्तै वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु
काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइए लगत्तै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सबगढामा दुई समुदायबिच उत्पन्न विवाद सामान्य बन्दै गएपछि जिल्ला सु...



