आश्विन शुक्ल सप्तमीः आज घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
दोस्रो दिन सोमबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता र छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजा आराधना गरियो ।
एक्सप्रेस
सम्बन्धित खबर
भोटेकोशी-त्रिशूली बाढीको उद्धार कार्य स्थगन गर्ने निर्णय
काठमाडौँ । सरकारले अत्यावश्यक बाहेकका अन्य अवस्थाका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको टोली परिचालन तथा खोज र उद्धारको चरणलाई हालका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरि...
हिम्लुङ हिमपहिरो : थप ८ जनाको शव भेटियो, मृतकको संख्या १५ पुग्यो
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका ५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएको छ। योसँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी...
दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति १०ः४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो । हालसम्...
बिहेको भोज कटौती गरी गाउँमा बत्ती
काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गर...
रसुवामा बाढी आएको महिना दिन बित्दा पनि ४५ विद्यार्थी अझै सम्पर्कविहीन, चार विद्यालय ध्वस्त
रसुवा । गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका गरी ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्य...
नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार
काठमाडौँ । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी तयार पारिएको यो डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबा...


