बुधबार, ११ कात्तिक २०८३
नेपाली

असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

Main News Image

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।


mediabaaji add

सम्बन्धित खबर

जनपक्षीय विद्यार्थी युनियनको शैक्षिक हड्ताल घोषणाले उपत्यकाका निजी विद्यालय बन्द

काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा गरेसँगै निजी विद्यालयहरूमा आज पठन पाठन नहुने भएको छ ।  विद्यालयहरुले धमाधम अभिभावकहरुलाई सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जनाएका छन् । उनीहरुले विद्यालयको...

सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने

काठमाडौँ । सरकारी कार्यालयको समय एक घण्टा छोटिएको छ । अबदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ । हिजो ९कात्तिक १५० सम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म थियो । शुक्रबार भने सबै महिना दिउँसो ३ बजेसम्म...

प्रधानमन्त्रीको राजीनामा माग गर्दै निकोलस भुसाल आमरण अनसनमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । भुसालले मंगलबार ८ पुस राति १० बजेदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका हुन् । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्रीको राजीनामा माग गर...