शनिबार, १४ कात्तिक २०८३
नेपाली

नजिकिँदै ट्रम्पको ‘होर्मुज अल्टिमेटम’, देखिएन इरानको सहमतिको संकेत

Main News Image

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाँच सातादेखि जारी इरान विरुद्धको अमेरिकी इजरेली युद्धका क्रममा पटकपटक समयसीमाहरू तोके, मागहरू प्रस्तुत गरे र धम्कीहरू दिए। तर विरलै ती यति स्पष्ट थिए । इरान विरुद्धको नयाँ चरणको हमला विनाशकारी हुने छ ।  चार घण्टाभित्र उक्त राष्ट्रको हरेक पुल र पावर प्लान्ट “ध्वस्त” हुनेछन् ।

“निकै थोरै कुरा मात्र सीमाभन्दा बाहिर छ,” ट्रम्पले सोमवार भने। उनका अनुसार यस्तो नियतिबाट बच्न इरानले “उनलाई स्वीकार्य हुने” सम्झौता गर्नुपर्छ र त्यो सम्झौतामा होर्मुज स्ट्रेट हुँदै “तेलको निर्वाध ओसारपसार” हुने कुरा पनि समावेश भएको हुनुपर्छ । अन्तिम घडीहरू बितिरहँदा इरान ट्रम्पको समयसीमामा सहमत हुन तयार छ भन्ने कुराको सङ्केत कमै देखिएको छ । उनीहरूले अस्थायी युद्धविराम अस्वीकार गरेका छन् र आफ्ना मागहरूको सूची जारी गरेका छन्। ती मागहरूलाई एक अमेरिकी अधिकारीले “अतिवादी” भनेका छन् । यसले अमेरिकी राष्ट्रपतिलाई अप्ठेरोमा पारेको छ। कुनै सम्झौता नभएमा ट्रम्पले तीन सातामा चौथोपटक आफ्नो समयसीमा बढाउन सक्छन् ।


mediabaaji add

सम्बन्धित खबर

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

काठमाण्डौँ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले उनीहरूलाई तत्काल त्यहाँबाट बाहिरिन सुझाव दिएको हो ।

द गार्...

जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो

काठमाण्डौँ । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी...

हर्मुज जलमार्ग खुलाउन दक्षिण कोरियाले शुरू गर्‍यो इरानसँग संवाद

काठमाडौँ । पश्चिम एसियाको द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ ।  विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्...

नेपालसहित ५० देशका नागरिकले अमेरिकी भिसाका लागि ३० लाखसम्म धरौटी राख्नुपर्ने

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा बन्ड कार्यक्रमलाई स्थायी बनाएको छ । नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकले अमेरिकी बी–१ व्यवसायिक र बी–२ पर्यटक भिसाका लागि आवेदन दिँ...

इरानका सर्वोच्च नेता खामेनी मारिएको अमेरिकी दाबी, इरानद्वारा खण्डन

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनत...

साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?

काठमाडौँ । साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी स...