सोमबार, ११ जेठ २०८३
नेपाली

बढ्दो गर्मीले विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको समय परिवर्तन, आइतबार पनि पढाइ हुने

Main News Image

काठमाण्डौँ । कञ्चनपुरमा अत्यधिक गर्मी बढेसँगै यहाँका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसमको प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकता दिँदै यो व्यवस्था लागू गरेको हो। नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम तोकिएको पाठ्यघण्टा क्रेडिट आवर नघट्ने गरी नगरभरिका विद्यालयमा एकरूपता कायम गरिएको छ । 

बिहानी सत्रमा जाँदा समय व्यवस्थापन गर्न र पाठ्यक्रमले तोकेको पढाइ अवधि पूरा गर्नका लागि नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू अब आइतबार पनि सञ्चालन गरिनेछन्। विद्यार्थीको पठनपाठन, परियोजना तथा प्रयोगात्मक कार्यलाई प्रभावकारी बनाउन आइतबारसमेत नियमित कक्षाहरू सञ्चालन हुने नगर प्रमुख ओझाले जानकारी दिए ।

mediabaaji add

सम्बन्धित खबर

बुधबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७...

आज विदेशी मुद्राको विनिमयदर कति ? हेर्नुहोस्

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकक...

आज सामान्य अंकले घट्यो नेप्से, ७ अर्ब ४९ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ११३ कम्पनीको सेयर मूल्...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ८७ लाखको सेयर कारोबार भएको छ । आज ४३ कम्पनीको सेयर मूल...

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भ...