मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नयाँ प्रणाली लागू गरिँदै, असार २४ देखि २६ गतेसम्म राहदानी सेवा प्रभावित हुने

Main News Image

काठमाडौँ । राहदानी विभागले राहदानी जारी गर्ने प्रणालीलाई स्तरोन्नति गर्दै नयाँ प्रविधि लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ ।

विभागले बिहीबार एक जरुरी सूचना जारी गर्दै आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिने जनाएको छ । यसअघि नै प्रणाली परिवर्तनको क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो ।

सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी आवेदन संकलन तथा वितरण सम्बन्धी सेवाहरू असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द रहनेछन् । यस्तै, काठमाडौँस्थित राहदानी विभाग स्वयंले प्रत्यक्ष रूपमा प्रदान गर्दै आएको राहदानी सेवा भने असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुने विभागले जनाएको छ 


mediabaaji add

सम्बन्धित खबर

सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमवासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्री सस्मित पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन...

भोेटकोशीको बाढीले त्रिशूली बजार क्षेत्रका ६० घर बगायो

काठमाडौँ । रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ । बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्र...