मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

रवि र बालेनको सहमतिको दस्तावेज तयार हुँदै, यस्ता छन् सहमतिका प्रमुख बुँदाहरू

Main News Image

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच सहमति विकास हुँदै गएको उनीहरुका निकटस्थ व्यक्तिहरुले बताएका छन् । उनीहरुबीचको छलफल सहमति उन्मुख रहेको र सहमतिलाई दस्तावेजीकरण गर्नका लागि सहमति पत्रको खाका तयार पार्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।

दुई युवा राजनीतिज्ञबीच छलफलको पृष्ठभूमि तयार पार्न महत्वपूर्ण भूमिका खेलेका असिम शाह, कुमार बेन लगायतका सहयोगीहरुले सहमतिको खाका तयार पार्दैछन् । दुई नेताबीच सोमबार पहिलो छलफल भएको थियो । त्यसपछि बिहीबार अन्य वैकल्पिक शक्तिका नेतृत्वकर्ताहरुलाई समेत बोलाएर छलफल गरेका नेताहरुले शुक्रबार पनि वार्ता गर्ने र सकेसम्म आज शुक्रबार नै निर्णायक सहमति गर्ने तयारी गरेको स्रोतले बतायो ।

सहमतिले अन्तिम रुप पाउन बाँकी रहेकोले सहमतिका बुँदाहरु स्पष्ट छैनन् । यद्यपि सहमतिको प्रमुख बुँदा पार्टीको एकतासम्मको हुन सक्नेछ । दुवै नेता पार्टी एकता गर्नेसम्म लचिलो नभएमा पनि चुनाबी सहकार्यको विषयमा भने सहमति हुने दुवै पक्षले अपेक्षा गरेका छन् ।

पार्टीको एकता नै हुनेगरी सहमति भएमा एकीकृत पार्टीले आगामी चुनाबमा बालेनलाई प्रभानमन्त्रीको दाबेदारको रुपमा अगाडि सार्नेछ । पार्टीमा भने रविको बरियता उच्च हुनेछ । पार्टीका रविपछि बालेन दोस्रो बरियतामा हुनेछन् । सहमति भइसकेको छैन तर सहयोगीहरु भने पार्टी एकताकै सहमति हुनेमा विश्वस्त देखिन्छन् ।

mediabaaji add

सम्बन्धित खबर

निर्वाचनमा भ्रामक विज्ञापन र डीपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदका लागि यही फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूको साझा दायित्व रहेको विज्ञापन बोर्डले जनाएको छ ।

बोर्डले बिहीबार जारी गरेको प्रेस व...

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता...

परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्...