चन्द्रमाको फन्को लगाएर फर्किंदै आर्टेमिस–२
काठमाडौँ । चार अन्तरिक्षयात्री बोकेको आर्टेमिस–२ मिशन चन्द्रमाको परिक्रमा गरेर पृथ्वीतर्फ फर्किएको छ। नेपाली समयअनुसार मंगलबार बिहान टोलीले चन्द्रमाको फन्को लगाएको हो। यस क्रममा मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढा पुग्ने नयाँ कीर्तिमानसमेत कायम भएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवतर्फको ‘फार साइड अफ द मुन’ क्षेत्रमा पुगेका बेला अन्तरिक्ष यान र पृथ्वीबीचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । अन्धकार र अत्यधिक चिसो रहने उक्त क्षेत्रमा प्रवेश गर्दा करिब ४० मिनेटसम्म ‘ब्ल्याकआउट’ भएको हो, जुन पूर्वानुमानित अवस्था थियो ।
अभियानको प्रत्यक्ष प्रसारण विश्वभर ठूलो संख्यामा हेरिएको प्रारम्भिक अनुमान छ। नासाका विभिन्न प्लाटफर्म, युट्युब, फेसबुक, एक्स, नेटफ्लिक्स र डिज्नीमार्फत गरिएको प्रसारण झन्डै ४ लाख किलोमिटर टाढाबाट फोर–के गुणस्तरमा उपलब्ध गराइएको थियो। यद्यपि दर्शक संख्या अझै एकीकृत गरिएको छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
विज्ञापन प्रसारणअघि बोर्डको पूर्वस्वीकृति अनिवार्य, भ्रामक सामग्री हटाउन निर्देशन
काठमाडौँ । विज्ञापन बोर्डले बोर्डबाट परीक्षण तथा पूर्वस्वीकृति नलिई कुनै पनि श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सञ्चारमाध्यम तथा विज्ञापनदाताहरूलाई कडा निर्देशन दिएको छ ।
बोर्डले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न...



