आजदेखि २४ घण्टाभित्र लाइसेन्स प्राप्त गरिने व्यवस्था
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका ५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए ।
साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उनले जानकारी दिए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । ‘अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ,’ उनले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
फ्लाई दुबईद्वारा पोखराबाट सीधा नियमित व्यावसायिक उडान सुरु
गण्डकी । फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान औपचारिक रूपमा सुरु गरेको छ। उडान तालिका अनुसार दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६:१९ बजे पोखराम...
तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान, राजमार्गमा अब सास्ती बेहोर्नु नपर्ने !
काठमाण्डौँ । शनिबारदेखि शुरू भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ...
अखिल क्रान्तिकारीको तालाबन्दीले त्रिवि एक सातादेखि ठप्प
काठमाडौँ । शुल्क घटाउने माग राख्दै अखिल क्रान्तिकारीले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेपछि त्रिभुवन विश्वविद्यालयको कामकारबाही एक सातादेखि ठप्प भएको छ । सहमति कार्यान्वयन प्रक्रियामा रहेको भन्दै उपकुलपतिले तालाबन्दी अस्वीकार्...



