शनिबार, १४ कात्तिक २०८३
नेपाली

राष्ट्रपतिबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण

Main News Image

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको हो । 

प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक, २०८३, सहकारी पहिलो संशोधन विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्। यी चारवटै विधेयक बिहीबार नै राष्ट्रिय सभाबाट पारित भएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

काठमाडौँ । राष्ट्रिय सभाको चालु अधिवेशन आज राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा ३ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रियसभाका अ...

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख बढीले गराए मतदाता नामावली दर्ता

काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । यो...

संघीय सत्ताबाट अपदस्त एमाले प्रदेशबाट पनि लखेटिँदै

काठमाडौँ । जेनजी आन्दोलनपछि केन्द्र सरकारबाट बाहिरिएको एमाले अब प्रदेश सरकारहरू पनि गुमाउने अवस्थातर्फ पुगेको छ । कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ सत्ता समीकरण बनाउन थालेपछि कर्णालीबाट सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ...

कालापानी र सुस्तासहितका सीमा विवाद हल गर्न नेपाल-भारत प्राविधिक संयन्त्र ब्युँताइने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच लामो समयदेखि सुल्झन बाँकी रहेका सीमा तथा सीमांकनसम्बन्धी विवादहरूलाई कूटनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा विशेष जोड दिएका छन् ।

आफ्नो औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्लीम...

कांग्रेस विशेष महाधिवेशन पक्षधरको निष्कर्ष_विशेष महाधिवेशन बाहेक अन्य विकल्प छैन

काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन् । शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दै १५औँ महाधिवेशन तोकिएको स...

प्रधानमन्त्रीलाई प्रश्नोत्तरमा सरिक हुन रुलिङ, प्रतिनिधिसभामा ७८ दिनको विपक्षीको अवरोध हट्यो

काठमाडौँ । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध समाप्त भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरिक हुन र सांसदहरूले उठाएका प्रश...