बुधबार, ११ कात्तिक २०८३
नेपाली

मेलम्ची भ्रष्टाचारमा भीम उपाध्यायसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

Main News Image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललगायत १७ जनाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ ।

फैसला पुनरावलोकनका लागि आज सर्वोच्चमा गरिएको पुनरावेदनमा जेनजी सहिद परिवारको तर्फबाट सरकार तथा जेनजी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई विपक्षी बनाइएको छ ।

मेलम्ची आयोजना भ्रष्टाचारबारे अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दामा थापाविरुद्ध रु ३२ करोड ३५ लाख ६१ हजार ६६३ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गरिएको थियो ।

विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो । विशेष अदालतले २०८१ भदौ १६ गतेको फैसलाबाट आंशिक सफाइ दिएकाले उल्लेखित फैसलाउपर चित्त नबुझेकाले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो ।

mediabaaji add

सम्बन्धित खबर

१ महिनामा साढे ७ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलमा आवतजावत

काठमाण्डौँ । अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ७ लाख यात्रुले आवागमन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरीमा ७ लाख ४८ हजार ७ सय ९६ यात्रु मुभमेन्ट देखिएको हो ।

जसअन...

जाजरकोटमा बोलेरो दुर्घटना, दुईको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका–८ मा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

कैलालीमा वन कर्मचारीको मनपर्दी : एक्ली महिलाको टेम्पो भिरबाट खसालिदिए

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी एक एकल महिलाको जीविकोपार्जनको मुख्य आधार बनेको टेम्पो वन कार्यालयका कर्मचारीले भिरबाट खसालिदिएका छन्। डिभिजन वन कार्यालय, धनगढीका कर्मचारीहरूले ‘वन अतिक्रमण’ हटाउने नाममा गरेको यस अमानवीय व्यवहारले अ...