तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपील गरेको छ । शनिबार नेपाली कम्युनिष्ट पार्टीले एक अपील पत्र जारी गर्दै निर्वाचनलाई विभिन्न बहानामा बिथोल्ने प्रतिगामी चलखेलका सम्भावनाहरु रहेको भन्दै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग अपील गरेको हो ।
‘विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरु अझैपनि विद्यमान छन्,’ अपील पत्रमा उल्लेख गरिएको।
अपील पत्रमा थप भनिएको छ, ‘मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनु पर्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी दृढ रहँदै आएको छ। हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग विशेष अपील गर्दछ।’
राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ।
नेकपाका अनुसार राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेसको विशेष महाधिवेशनमा चुनाव भोलि बुधबार हुने
काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु...
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
काठमाण्डौँ । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा द...
एमाले पङ्क्तिलाई शंकरको निर्देशन_सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश संकटको अवस्थामा गुज्रिरहेको बताएका छन् । पार्टीका प्रदेश कमिटीका पदाधिकारी र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर...
कानूनका भाषा र ढाँचाहरूमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजि...
कांग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार
काठमाण्डौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ ५ को उम्मेदवार बनाएको छ । हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थ...
देउवाको स्वदेश फर्किने तालिका संशोधन : बिहीबार दिउँसो १२:३० बजे काठमाडौं ओर्लिने
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति र समय परिवर्तन भएको छ । यसअघि साउन २६ गते राति काठमाडौँ अवतरण हुने तय भएको तालिका परिमार्जन गरी अब आगामी बिहीबार साउन २८ गते मध्याह्न साढे १२ बजे...



