बुधबार, ११ कात्तिक २०८३
नेपाली

एपोलो हाइड्रोपावरले भोलिदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्दै

Main News Image

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको कुल १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ। जसमध्ये प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।

mediabaaji add

सम्बन्धित खबर

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्...

सोलुखुम्बुमा सहुलियतको नुनको माग बढ्दो, एक वर्षमा ७२ लाखभन्दा बढीको बिक्री

सोलुखुम्बु । सोलुखुम्बुमा सहुलियत दरमा वितरण हुँदै आएको आयोडिनयुक्त नुनको खपत बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतिप्याकेट ९ रुपैयाँमा उपलब्ध गराउँदै आएको नुन गत आर्थिक वर्षमा ७२ लाख रुपैयाँभन्दा बढीको बिक्री भएको छ।

सल्लेरी डिपो...

अब ऋण लिन बैंक नचाहिने, व्यक्ति-व्यक्ति बीच विधिवत कर्जा लेनदेनलाई व्यवहारमा उतार्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज आर्थिक वर्ष २०८३र८४ को २५औँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । यस वर्षको मौद्रिक नीतिले ७ प्रतिशतको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी डिजिटल वित्तीय उपकरण र नियमनकारी सरलीकरणमा...