बुधबार, ११ कात्तिक २०८३
नेपाली

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान

Main News Image

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

खेलको २९औँ मिनेटमा मेस्सीले गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई सुरुवाती १(० को अग्रता दिलाएका थिए । यससँगै विश्वकपमा उनको व्यक्तिगत गोल सङ्ख्या २० पुगेको छ र विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनले आफ्नो कीर्तिमानलाई थप मजबुत बनाएका छन् ।

तथ्यांक संस्था ‘अप्टा’ का अनुसार मेस्सी विश्वकपका दुई फरक संस्करणमा कम्तीमा सात सात गोल गर्ने पहिलो फुटबलर समेत बनेका छन् । उनले कतारमा सम्पन्न २०२२ को विश्वकपमा सात गोल गरेका थिए भने जारी २०२६ को संस्करणमा पनि आफ्नो सातौँ गोल पूरा गरिसकेका छन् ।

यो सङ्ख्यासँगै उनी यस संस्करणको गोल्डेन बुटका प्रमुख दाबेदारमध्ये एक बनेका छन् । नकआउट चरणको यस खेलअघि मेस्सी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६,६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा थिए ।

तर, केप भर्डेविरुद्धको यो गोलपछि मेस्सी एक्लै शीर्ष स्थानमा उक्लिएका छन्। यस खेलअघि नै मेस्सीले विश्वकपमा आफ्नो ३०औँ खेल पूरा गर्दै इतिहासमै सबैभन्दा धेरै विश्वकप खेल खेल्ने पहिलो फुटबलरको कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

टी–२० विश्वकप खेल सार्ने बङ्गलादेशको माग आईसीसीद्वारा अस्वीकार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपका खेल भारतबाट सार्न गरिएको बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीको अनुरोध अस्वीकार गरेको छ। सुरक्षा कारण देखाउँदै श्रीलंकामा खेल सार्न माग गरिएको भए पनि आईसीसीले तोकिएका स्थलमा कुनै परिवर्त...

विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा : युरोपका ६ टोली अन्तिम आठमा

काठमाडौँ । उत्तर अमेरिकाका तीन राष्ट्रहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको २३औं संस्करणको फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल समीकरण पूर्ण रूपमा तयार भएको छ ।

बुधबार बिहान क्यानडाको भ्यानकुभरमा सम्पन्न...