थप १८ वटा उद्योगको लाइन काटियो
काठमाडौँ । ट्रङ्क र डेडिकेटेड लाइनको महसुल विवादका बीच नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझ ती उद्योगको लाइन काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक सबै विवादित उद्योगको लाइन काटिएको छ । यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ उद्योगको लाइन काटिएको थियो।
प्राधिकरणले बाँकी उद्योगहरूलाई महसुलको पहिलो किस्ता तुरुन्त बुझाउन चेतावनी दिएको थियो। तर, तोकिएको समयमा भुक्तानी नगरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ। हाल विवादितमध्ये १४ उद्योगले पहिलो किस्ता बुझाइसकेका छन् । अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ उद्योग अदालत पुगेकाले अदालतको आदेशअनुसार उनीहरूको लाइन खुला राखिएको छ। बाँकी सबैको लाइन काटिएको प्रवक्ता ढकालले बताए।
असोज १० गते बसेको सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेपछि उद्योगहरूलाई असोज २ गतेसम्म भुक्तानीको समय दिइएको थियो। तर, उद्योगीहरूले प्राधिकरणले तोकेको महसुल अन्यायपूर्ण भएको भन्दै नतिर्ने घोषणा गर्दै आएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ...
कालिका लघुवित्तको १२ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका गर्ने चाहाने जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्ने...
सामान्य अंक बढेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज...
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ । युर...
प्रतिकित्ता १३५ रुपैयाँमा नै मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५६ हजार २८३ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्य...
सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भ...



