बुधबार, ११ कात्तिक २०८३
नेपाली

थप १८ वटा उद्योगको लाइन काटियो

Main News Image

काठमाडौँ । ट्रङ्क र डेडिकेटेड लाइनको महसुल विवादका बीच नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझ ती उद्योगको लाइन काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक सबै विवादित उद्योगको लाइन काटिएको छ । यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ उद्योगको लाइन काटिएको थियो।

प्राधिकरणले बाँकी उद्योगहरूलाई महसुलको पहिलो किस्ता तुरुन्त बुझाउन चेतावनी दिएको थियो। तर, तोकिएको समयमा भुक्तानी नगरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ। हाल विवादितमध्ये १४ उद्योगले पहिलो किस्ता बुझाइसकेका छन् । अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ उद्योग अदालत पुगेकाले अदालतको आदेशअनुसार उनीहरूको लाइन खुला राखिएको छ। बाँकी सबैको लाइन काटिएको प्रवक्ता ढकालले बताए।

असोज १० गते बसेको सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेपछि उद्योगहरूलाई असोज २ गतेसम्म भुक्तानीको समय दिइएको थियो। तर, उद्योगीहरूले प्राधिकरणले तोकेको महसुल अन्यायपूर्ण भएको भन्दै नतिर्ने घोषणा गर्दै आएका छन्।

mediabaaji add

सम्बन्धित खबर

सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ ?

काठमाडौँ । सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको निष्काशन मिति परिवर्तन भएको छ । २०८३ बैशाख २ गतेदेखि ६ गतेसम्म निष्कासन गर्ने लागेको आईपीओ निष्काशन गर्न लागेको आईपीओ अब ३ गतेदेखि खुला हुने भएको हो । सरकार सरकारी क...

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र पाउन्डको भाउ कति ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...

अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन

भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीक...

नेप्सेमा ४७.२२ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६४७.४४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ...

पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा-मलेखु खण्ड कालोपत्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । नागढुङ्गा मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हाल...

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य बढेको छ ।