थप १८ वटा उद्योगको लाइन काटियो
काठमाडौँ । ट्रङ्क र डेडिकेटेड लाइनको महसुल विवादका बीच नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझ ती उद्योगको लाइन काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक सबै विवादित उद्योगको लाइन काटिएको छ । यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ उद्योगको लाइन काटिएको थियो।
प्राधिकरणले बाँकी उद्योगहरूलाई महसुलको पहिलो किस्ता तुरुन्त बुझाउन चेतावनी दिएको थियो। तर, तोकिएको समयमा भुक्तानी नगरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ। हाल विवादितमध्ये १४ उद्योगले पहिलो किस्ता बुझाइसकेका छन् । अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ उद्योग अदालत पुगेकाले अदालतको आदेशअनुसार उनीहरूको लाइन खुला राखिएको छ। बाँकी सबैको लाइन काटिएको प्रवक्ता ढकालले बताए।
असोज १० गते बसेको सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेपछि उद्योगहरूलाई असोज २ गतेसम्म भुक्तानीको समय दिइएको थियो। तर, उद्योगीहरूले प्राधिकरणले तोकेको महसुल अन्यायपूर्ण भएको भन्दै नतिर्ने घोषणा गर्दै आएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ७७ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज ४२ कम्पनीको...
एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाण्डौँ । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो ।
गएको आइतबारदेखि निरन्तर बढ्दै आ...
पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य वृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल मट्टीतेल प्रतिलिटर १...
बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ, यस्तो छ विनिमयदर
काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । बुधबार यसको भाउ एकको खरिददर १४७ रुपैयाँ ५...
विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
त्यस्तै,...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५...



