थप १८ वटा उद्योगको लाइन काटियो
काठमाडौँ । ट्रङ्क र डेडिकेटेड लाइनको महसुल विवादका बीच नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझ ती उद्योगको लाइन काटेको हो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टबाहेक सबै विवादित उद्योगको लाइन काटिएको छ । यसअघि लक्ष्मी पूजाको भोलिपल्ट जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ उद्योगको लाइन काटिएको थियो।
प्राधिकरणले बाँकी उद्योगहरूलाई महसुलको पहिलो किस्ता तुरुन्त बुझाउन चेतावनी दिएको थियो। तर, तोकिएको समयमा भुक्तानी नगरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ। हाल विवादितमध्ये १४ उद्योगले पहिलो किस्ता बुझाइसकेका छन् । अरिहन्त मल्टिफाइबर, रघुपति जुट मिल, बाबा जुट मिल, युनाइटेड सिमेन्ट, मारुती सिमेन्ट र पोलिप्याक्स गरी ६ उद्योग अदालत पुगेकाले अदालतको आदेशअनुसार उनीहरूको लाइन खुला राखिएको छ। बाँकी सबैको लाइन काटिएको प्रवक्ता ढकालले बताए।
असोज १० गते बसेको सञ्चालक समिति बैठकले विवादित महसुल उठाउने निर्णय गरेपछि उद्योगहरूलाई असोज २ गतेसम्म भुक्तानीको समय दिइएको थियो। तर, उद्योगीहरूले प्राधिकरणले तोकेको महसुल अन्यायपूर्ण भएको भन्दै नतिर्ने घोषणा गर्दै आएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
सम्पत्ति सिर्जना र कानुनी सुधारमार्फत आर्थिक विकास तीव्र बनाउन निजी क्षेत्रको आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । उनले यस्तो स्थायित्व विरलै प्राप्त हुने अवसर भएकाले यसलाई पुँजी निर्माण र उत्पादन...
सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्य...
कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया बोकेको जहाज आइपुग्यो
काठमाडौँ । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक...
साताको पहिलो दिन सेयर बजार १०५ अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज सेयर बजारमा शतकीय गिराट आएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.७९ प्रतिशतले कम हो ।
आज सेयर बजारमा २६१ कम्पनी...
डलर, युरो र रियालको मूल्य बढ्यो कि घट्यो : हेर्नुहोस् आजको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन...
नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्काशन गर्ने
काठमाडौँ । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ११ गते सोमबार काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।
उक्त सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी...



