मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै

Main News Image

जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरिनुका साथै सम्पूर्ण श्रद्धालुहरुलाई पनि सोही बनेका परिकारहरु प्रसाद स्वरुप खुवाउने गरिन्छ ।

मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले लङ्कामा विजय प्राप्त गरी फर्कनु भएको खुशीयालीमा अयोध्यावासीले भगवारन रामसहित अयोध्या आएका सम्पूर्ण अतिथीहरुलाई ५६ प्रकारका व्यञ्जन बनाएर दिएको जनविश्वास रहेको जनकपुरधामस्थित सीताकुण्डका महन्थ रामनरेश दासले जानकारी दिएका छन्।

उनका अनुसार सोही समयदेखि पायक पर्ने सम्पूर्ण मठ मन्दिर, कुट्टिहरुले यस परम्परालाई जिवन्त राखेको छ। ५ दशक पहिलासम्म जनकपुरधामका ५२ वटै मठमन्दिर र कुट्टिहरुमा अन्नकुट मनाइने भएपनि आजको दिनमा यो संख्या हातको औंलामा गन्न सकिने भएको महन्थ दासले बताए। जनकपुरधामका प्रमुख मठ मन्दिरहरू जानकी मन्दिर, राममन्दिर, विहार कुण्ड, अग्निकुण्ड तथा सीताकुण्डमा भने यो निरन्तर प्रत्येक वर्ष अन्नकुट मनाइदै आएको छ।

mediabaaji add

सम्बन्धित खबर

भारतको धौलीगङ्गाको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

 भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको का...

आज विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह ग...