सोमबार, ०७ वैशाख २०८३
नेपाली

फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न

Main News Image

पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ। 


‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूबिच प्रतियोगितात्मक कविता वाचन गराइएको थियो भने आमन्त्रित स्रष्टाहरूले पनि आआफ्ना रचना वाचन गर्नुभएको थियो । सो अवसरमा स्रष्टा सावित्रीदेवी गुरुङद्वारा लिखित ‘जीवनका भोगाइ र चुनौतीहरू’ शीर्षकको पुस्तक कुलपति राईले विमोचन गर्नुभयो।


फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य हरिचन्द्र लावतीलगायतको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले ज्ञान निर्माणको पहिलो खुट्किलो विद्यालय भएकाले शिक्षक, अभिभावक र विद्यार्थीलाई लक्षित गर्दै ‘विद्यालयमा कुलपति’ शृङ्खला सञ्चालन गरिँदै आएको बताउनुभयो। प्रज्ञा–प्रतिष्ठानका गतिविधिलाई विकेन्द्रीकरण गर्ने अभियानका क्रममा फिदिम आउँदा पाएको स्वागतबाट आफू प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो। विद्यार्थीलाई समाज, साहित्य र संस्कृति बुझाउन सके मात्र सभ्य र समुन्नत राष्ट्र निर्माण गर्न सकिने उहाँको धारणा थियो।



प्रतियोगितात्मक कविता वाचनमा सन्देश दुलाल प्रथम, सबिन तुम्सिङ द्वितीय, झरना अर्याल तृतीय तथा कृतिना तुम्रोकले सान्त्वना स्थान हासिल गरे । प्रतियोगी विद्यार्थीहरू लक्ष्मी फुयाल, मदन पोखरेल, अनु भट्टराई, आशिका राई, डोल्मा तामाङ, प्रीति तुम्बापो, अनिला राई, मिरिम्सा राई, अन्जली तामाङ, समृद्धि काफ्ले, मिलन बयलकोटी र उत्सव बास्कोटाले मातापिताको महानता, जीवनका भोगाइ, समाज र संसारप्रतिको दृष्टिकोणलगायत विभिन्न विषयमा कविता वाचन गरेका थिए।


वि.सं. २००६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म झन्डै दुई हजार एक सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद भण्डारीले विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने तथा पाँचथरका स्रष्टाहरूबिच जमघट गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताउनुभयो।


विद्यालयमा कक्षा १२ मा इन्जिनियरिङ अध्ययनरत न्युमन बास्कोटाले बनाएको कुलपति राईको स्केच मायाको चिनोस्वरूप प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रकुमार नेम्वाङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षक जीवनप्रसाद भण्डारीले गर्नुभएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...

प्रज्ञा-प्रतिष्ठानमा पुरानादेखि नयाँ सम्मका पुस्तक प्रदर्शनी

मिडियाबाजी काठमाडौँ ।२०८२ पुस १४ गते आइतबार ।"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे।...

जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई

चेतनाथ धमला

 

    मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...