नेप्सेमा ६२.२९ अंकको वृद्धि, ४ अर्ब ५७ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज २३६ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज हिमालयन पावर पाटर्नरको सर्वाधिक २४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा यूनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँ र तेस्रोमा राधि विद्युत कम्पनीको २१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बुटवल पावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले आज सर्वाधिक ६.३६ प्रतिशतका दरले गुमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । काठमाडौं उपत्यकाका नदीनाला तथा वातावरणलाई स्वच्छ राख्न थप प्रशोधन केन्द्रहरूको निर्माण आवश्यक रहेको भन्दै उपत्यकाका अन्य स्...
रिचेत हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौँ । अपर रिचेत हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र...
रसुवाको चिलिमे टनेलमा फसेकाहरूको खोजी जारी : लेदो र भग्नावशेष हटाउन रातभर खटियो उद्धार टोली
रसुवा । रसुवास्थित चिलिमे टनेल क्षेत्रमा फसेका मजदुर तथा प्राविधिकहरूको खोजी र उद्धारका लागि रातभर काम जारी राखिएको छ। उद्धार टोलीले रातभरी नै सुरुङ नजिक जम्मा भएको लेदो, माटो तथा ठूला भग्नावशेषहरू हटाउने कार्यलाई निरन्तरता दिएको हो ।
एक्साभ...



