बिहिबार, ०१ असोज २०८३
नेपाली

नेप्सेमा ४७.२२ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार

Main News Image

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६४७.४४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ । आज २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।


आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २४ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमाको २४ करोड ४३ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी, बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
माबिलुङ इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ४ प्रतिशतका दरले गुमाएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

डलरको बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा, खाडी मुलुकका मुद्राको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

अब नागरिकको तत्कालै मौखिक आदेशमा बैंक खाता रोक्का हुने

काठमाडौँ । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ । जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थ...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका अन्तर(प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो ।

यो समायोज...

हर्मुज जलमार्ग पूर्णरूपमा बन्द हुँदा बीच बाटोबाटै फर्किए तेल ट्याङ्कर

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ । लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले य...

सोमबारका यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०६...

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको म्याद तेस्रो पटक थप

काठमाण्डौँ । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार वर्...